Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संघीय संसदका आठ समितिका बैठक एकैपटक बस्दै


    मंगलबार, फाल्गुन १५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय समितिका आठ वटा समितिका बैठक आज बस्दै छन् । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा ८ वटा समितिका बैठक बस्न लागेको हो ।

    जसअनुसार अर्थ समिति, कानून, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समितिसहित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ ।

    आजै सार्वजनिक लेखा समिति दिगो विकास तथा सुशासन समिति विधायन व्यवस्थापन समिति राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्न लागेको संघीय संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार ११ बजे देखी दिउँसो २ बजेका लागि बैठकहरू बोलाइएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार