Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • नक्कली इन्स्पेक्टर अपराध महाशाखाकाे फन्दामा


    बुधबार, कार्तिक २६ २०७७
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । महानगरीय अपराध महाशाखाले नक्कली प्रहरी बनेर सर्बसाघारणलाई धाक धम्की दिने समूहका ३ जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा नुवाकोटकाे तादी गाउँपालिका-८ घर भई तारकेश्वर नगरपालिका बस्ने २३ वर्षका रमेश तामाङ, दोलखा मेलुङ गाउँपालिका-५ डाँडाखर्क घर काठमाडाैंकाे वनस्थली ढुङ्गेधारा बस्ने ३३ वर्षका तुल बहादुर मगर र नवलपरासीकाे कावासोती नगरपालिका-१२ पिठौली घर भई काठमाडाैंकाे स्वयम्भु बस्ने ३६ वर्षका गुविराम घले रहेकाे प्रहरीले जनाएकाे छ ।

    महाशाखाका अनुसार उनीहरूले काठमाडाैंकाे बालाजु माछापोखरी एरियामा ब्यक्तिहरुलाई आफू प्रहरीको इन्स्पेक्टर हुँ भन्दै धम्की दिई रकम माग गरी दुःख हैरानी दिने गरेका थिए । उनीहरुको बिषयमा थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार