Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • कञ्चनपुरमा सैनिक जवानविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता


    बुधबार, कार्तिक २६ २०७७
    670
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कञ्चनपुर । कञ्चनपुरमा सैनिक जवानविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेलामा बाटोबारे विवाद हुँदा कुटपिटमा संलग्न नेपाली सेनाका जवान सुनिल सार्कीविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता भएको हो ।

    कुटपिटबाट गम्भीर घाइते कासी सार्कीको परिवारले जाहेरी दिएको हो । सैनिक जवान सार्कीका बुवासहित कुटपिटमा संलग्न पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएपछि उनीहरूको खोजी भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

    प्रहरीमा जाहेरी परेपछि देवी सार्कीसहित राजु सार्की र मदनराज सार्की पक्राउ परेका छन् । सैनिक जवान सार्की र रेखा सार्की फरार रहेका छन् । घाइते सार्कीको टाउकामा गम्भीर चोट लागेको छ भने धनगढीमा उपचार सम्भव नभएपछि अहिले कोहलपुरमा उपचार भइरहेको छ ।

    सैनिक जवान सुनिलले पञ्जाले टाउकोमा हिर्काएको पीडित परिवारले प्रहरीलाई जानकारी दिएका छन् । घाइते सार्कीले खेतबाट बाटो प्रयोग गर्न नदिने बताएपछि देवी सार्कीलगायतको समूहले उनीहरूमाथि कुटपिट गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार