Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘सुसाइड नोट’ लेखेर हिँडेका डाक्टर काभ्रेमा फेला परेपछि…


    मंगलबार, कार्तिक २५ २०७७
    945
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । फेसबुकमा ‘सुसाइड नोट’ लेखेर बेपत्ता भएका भक्तपुरका डाक्टर दिगम्बर झा काभ्रेमा फेला परेका छन्। घरमा झगडा गरेर उनी मंगलबार बिहान करिब ४ बजे निस्किएका थिए। 

    भक्तपुरमा डेन्टल क्लिनिक चलाउँदै आएका ३२ वर्षीय डाक्टर मंगलबार बिहान बेपत्ता भएका हुन्। 

    घरबाट निस्कने बेला उनले फेसबुकमा एउटा नोट लेखेर गएका थिए।  सो स्टाटस उनका साथीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। यता परिवार पनि प्रहरी समक्ष पुगे। 

    घरबाट निस्किँदा डा. झाले आफ्नो बा १६ च ८६७९ नम्बरको गाडी लिएर गएका थिए। उनको खोजी गर्न परिसरले अनुसन्धान अघि बढाएको थियो। प्रहरीले उनको फोन लोकेसन ट्रेसिङ गर्दै भक्तपुर कटेर काभ्रे पुगेको भेटाएको थियो। उनको फोन पनौतीमा गएर अफ भएको प्रहरीले जनाएको छ।

    उनी त्यहाँ भएको खबर पाएपछि प्रहरीले जिल्ला प्रहरी कार्यालय, काभ्रेसँग समन्वय गरेको थियो।  प्रहरीले संयुक्त रूपमा खोजी गर्दा उनी सकुशल फेला परेका छन्।

    उनी  केहीबेर अघिमात्रै भुम्लु गाउँपालिका-१० मा भेटिएका हुन्। उनलाई प्रहरीले दोलालघाट नजिकै सकुशल फेला पारेको हो। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार