Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • काठमाडौँसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटीए


    सोमबार, फाल्गुन १४ २०८०
    880
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । देशका विभिन्न जिल्लाहरुमा चार जना मृत फेला परेका छन् । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलस्थित टहराको पेटीमा मोरङ पथरीशनिश्चरे-१० घर भएका ४७ वर्षीय देवराज गौतम आइतबार मृत अवस्थामा फेला परेका हुन् ।

    यसैगरी नुवाकोटको बिदुर नगरपालिका-७ तुप्चे बस्ने ४८ वर्षीय थंक बहादुर सुबेदी किस्पाङ गाउँपालिका-५ जयडाँडास्थित सोले काउले लामीडाँडा भिरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । झापाको अर्जुनधारा नगरपालिका-५ बस्ने ४१ वर्षीय लब लाल राजबंशी बिर्तामोड नगरपालिका-२ साङ्गबेद टोलस्थित आफ्नै काका मलिक लाल राजबंशीको घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

    यता कालिकोट, शुभकालिका गाउँपालिका-२ भर्तागार्ड खोलाको भुनछहरा दहमा सोही गाउँपालिका-३ पर्जै बस्ने ३७ वर्षीय प्रेम मगर आइतबार मृत अवस्थामा फेला परेका छन् ।

    प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार