Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बिहार निर्वाचनमा नितीशकुमारको गठबन्धनलाई अग्रता


    मंगलबार, कार्तिक २५ २०७७
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । बिहार विधानसभामा २ सय ४३ सिटका लागि भएको चुनावमा नितीशकुमार नेतृत्वले एनडिएले बहुमतसहित सुरुवाती अग्रता लिएको छ। बहुमतका लागि चाहिने १२२ भन्दा धेरै सिटमा एनडिए छ। तेजस्वी यादव नेतृत्वको महागठबन्धन १०० भन्दा धेरै स्थानमा अगाडि छ। 

    एनडिएमा भाजपाका ६८ र जेडीयु ५४  सिटमा अघि छ। जेडीयुलाई १७ सिट हानी भइरहेको देखिएकाे छ। उता भारतीय जनता पार्टीलाई भने १५ सिट फाइदा भइरहेको देखिन्छ। 

    महागठबन्धनमा राष्ट्रिय जनता दल ६४, कांग्रेस २४,  र भारतीय कम्युनिष्ट पार्टी(माले) १२ सिटमा अगाडि छन्। मार्क्सवादी पार्टी चार र भारतीय कम्युनिष्ट पार्टी दुई सिटमा अगाडि छन्। 

    यसेगरी लोकतान्त्रिक जनता पार्टी ६ सिटमा अगाडि छ। बाँकी ६ सिटमा अरु दल अगाडि छन्। महागठबन्धनका मुख्यमन्त्रीका उम्मेदवार तेजस्वी यादवले राघोपुर विधानसभा सिटमा सुरुवाति अग्रता कायम राखेका छन्।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार