विराटनगर । मोरङमा एकै दिन ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
विराटनगरका विभिन्न कोभिड अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो। जस मध्ये मंगलबार alहान मात्र पाँच जनाको मृत्यु भएको हो। जसमा मृत्यु भएकामध्ये सात पुरुष र दुई महिला छन्। प्रदेशमा एकै दिन यतिका धेरै मानिसको कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो।
मृत्यु भएका मध्ये आठ जनाको विराटनगरस्थित विभिन्न कोभिड अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो भने एक जनाको एक जनाको होम आइसोलेसन बसेको अबस्थामा मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मंमृतकहरुमा ज्वरो, निमोनिया, श्वासप्रश्वास, उच्च रक्तचाप, फोक्सो, मृगौला र मुटु सम्बन्धी पुरानै समस्या रहेको अस्पतालहरुले जनाएका छन्। योसँगै प्रदेश १ मा कोरोनाको कारण मृत्यु हुनेका संख्या १ सय ७७ पुगेको छ।