Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु


    मंगलबार, कार्तिक २५ २०७७
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • डोटी। मोटरसाइकलको ठक्करबाट डोटीमा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख धर्मानन्द जोशीका अनुसार मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी ७० वर्षीया टिकेश्वरी विक रहेकी छन् ।

    डोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा हिँडिरहेको अवस्थामा से५प ९४६९ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी निज वृद्धालाई दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचार गर्ने क्रममा आज मृत्यु भएको प्रहरी पोष्ट पिपल्ला बजारका प्रमुख तथा प्रहरी सहायक निरीक्षक खेमराज भट्टले जानकारी दिनुभयो । ठक्कर दिने मोटरसाइकल घटनास्थलमै छाडी चालक भागेकाले मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार