Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मानसिक स्वास्थ्यमा सरकारले चासो देखाएन : सुनिता बराल


    आइतबार, फाल्गुन १३ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विपक्षी दल नेकपा एमालेकी सांसद सुनिता बरालले मानसिक रोगप्रति सरकारले रणनीतिक योजना बनाएर काम गर्नुपर्ने बताएकी छन् ।

    आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपालीमा मानसिक समस्या बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । ‘केही दिनअघि ललितपुरमा एक महिलाले आफ्ना दुई बच्चाको हत्या गरी आत्महत्या गरिन् । त्यस्तै काठमाडौंमा तीन जनाको हत्या गरी एक पुरुषले आत्महत्या गरे । आत्महत्याको दर अत्यासलाग्दो तरिकाले बढिरहेको छ । यसतर्फ सरकारको ध्यान जान आवश्यक छ,’ सांसद बरालले भनिन् ।

    बरालले आत्महत्याको समस्या पछिल्लो समय झनै बढेको भन्दै मानसिक समस्याका कारण समाजमा अपराध र अपराधिक घटना बढिरहेको बताइन् । यस्ता घटनाक्रम हुँदा पनि सरकारले मानसिक स्वास्थ्यमा चासो नदिएको उनको आरोप थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार