काठमाडौँ । बलात्कार आरोपमा क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय दिएपछि सन्दीपले अनुमानकै भरमा कसुरदार ठहर गर्ने छुट अदालतलाई नभएको जिकिर गरेका छन् ।
काठमाडौँ जिल्ला अदालतले बलात्कार मुद्दामा आफूलाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको फैसला बदर गर्न मागसहित उच्च अदालत पाटनमा पुनरावेदन दिएका लामिछानेले जिल्ला अदालतबाट अनुमानको भरमा आफूलाई कसुरदार ठहर गरिएको दलिल लिएका हुन् ।
जिल्ला अदालतको फैसलाको प्रकरण नम्बर ५६ मा ‘..प्रतिवादी तथा पीडितको क्रियाकलापको सामान्य क्रम विचार गर्दा प्रतिवादीको मनसाय पीडितसँग करणी गर्नु नै रहेको भन्ने अनुमान गर्न सकिन्छ । प्रमाण ऐन, २०३१ को दफा ७ (ग) अनुसार पनि सो कुरा अदालतले अनुमान गर्न सक्ने नै हुन्छ’ भनिएको छ ।
अदालतको फैसलाको सोही अंशलाई उद्धृत गर्दै सन्दीपले पुनरावेदन निवेदनमा भनेका छन्, ‘अनुमानकै भरमा मात्र विश्वसनीय र ठोस प्रमाण बेगर जबरजस्ती करणीजस्तो नैतिक पतन देखिने जघन्य फौजदारी मुद्दामा कसुरदार हुन् भनी भन्नु फौजदारी न्यायको सर्वमान्य सिद्धान्त विपरीत मात्र हुने नभइ न्यायको मर्म र भावना विपरीतसमेत हुने हो ।’
प्रमाण ऐन २०३१ ले अदालतलाई अनुमान गर्न दिएको निरपेक्ष अधिकार होइन भन्ने जिकिर पनि सन्दीपले पुनरावेदनमा गरेका छन् । ‘प्रतिवादी र पीडितको सामान्य क्रियाकलाप कसरी आपराधिक क्रियाकलाप भयो, के कस्तो व्यवहारबाट आपराधिक क्रियाकलाप देखियो भन्ने पुष्टि अदालतले सारभूत रुपमा गर्न नसकी अनुमान मात्र गरी म प्रतिवादीलाई कसुरदार ठहर गर्नु फौजदारी न्यायमा छेडखानी हुनु हो,’ सन्दीपको जिकिर छ ।
हामीले अवलम्बन गर्दै आएको फौजदारी न्याय प्रणालीमा प्रतिवादीले अभियोग कसुर नगरेको भनी लिएको जिकिर आफूले प्रमाणित गर्न नसकेको अवस्थाको फाइदा वादी पक्षले पाउने नभइ प्रतिवादीले पाउने दाबी पनि उनले पुनरावेदनमा गरेका छन् ।
उनले पीडित भनिएकी किशोरीको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई समेत अदालतले बेवास्ता गरेको जिकिर गर्दै पुनरावेदन दिएका छन् ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आईसीसी...
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) को सदस्यमा मनोनीत गरेको दुई हप्ता नपुग्दै गुन्जन शाह ठकुरीलाई उक्त पदबाट फिर्ता बोलाएको...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीपहिरो प्रभावितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend