भक्तपुर । ठूलो खाल जमाएर तास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर कालोपाटीबाट तास खेलिरहेको अवस्थामा चाँगुनारायण दुवाकोटका नवराज श्रेष्ठ लगायत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
तास खेलिरहेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख १२ हजार ३ सय ५० रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।