Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दक्षिण सुडानमा तैनाथ तारादल गण छैठौं डफ्फाको अदली बदली


    आइतबार, कार्तिक २३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली सेनाको टोली शान्ति स्थापनार्थ दक्षिण सुडान प्रस्थान गरेको छ ।

    दक्षिण सुडानमा तैनाथ संयुक्त राष्ट्र संघ मिशनमा तैनाथ श्री तारादल गण (शा.से.) छैठौं डफ्फालाई बदली गर्नको लागि आज प्रमुख सेनानी सुशिल प्याकुरेलको कमाण्डमा श्री गोरख बहादुर गण सातौं डफ्फाको २१३ जना नेपाली शान्ति सैनिक, मिशन प्रस्थान गरेका हुन् ।

    कोभिड–१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको यो अदली बदलीमा सम्पुर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिएको सेनाले जनाएको छ । सोही क्रममा दक्षिण सुडानबाट सेनानी दिपक अर्यालको कमाण्डमा २११ जना शान्ति सैनिकहरु कात्तिक २४ गतेको बिहान नेपाल आईपुग्ने योजना रहेको सेनाले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार