Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्वभर ४४ देशमा रहेका नेपाली कोरोनाका कारण प्रभावित


    आइतबार, कार्तिक २३ २०७७
    835
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरसको प्रभाव बढेसँगै विदेशमा रहेका नेपाली पनि प्रत्यक्ष रुपमा प्रभावित बनेका छन् । यो साता मात्रै अस्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा समेत संक्रमण देखिएको छ । यो सँगै विश्वभर ४४ देशमा रहेका नेपालीमा कोराना संक्रमण देखिएको छ ।

    गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा रहेका थप ११ सय ६३ नेपाली कोरोनामुक्त भएका छन् भने थप ५ सय ४४ जनामा संक्रमण देखिएको छ ।

    समितिका संयोजक डा. सञ्‍जीव सापकोटाका अनुसार विदेशमा ४४ हजार ११३ नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । तीमध्ये ४० हजार ७ सय २८ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोना मुक्त  भएका छन् । यो साता स्पेन, नेदरल्यान्ड, चेक रिपब्‍लिक, डेनमार्क, अस्ट्रियामा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण  देखिएको छ ।

    गैरआवासीय नेपाली संघका अनुसार यो साता साउदी अरबमा थप एक नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । संघका अनुसार विभिन्‍न १८ देशमा २८५ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । 

    यो साता नेपालमा मात्र एक लाख ९१  हजार ६ सय ३६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये एक लाख ५५ हजार ११४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८१ प्रतिशत छ ।
    हिजो शनिबार साँझसम्म नेपालमा एक हजार ८७ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार