Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज काठमाडौंमा वर्षा, कस्तो रहला भोलिकाे मौसम ?


    बिहिबार, फाल्गुन १० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा यतिबेला हल्कादेखि मध्यम वर्षा भइरहेको छ। उपत्यकामा बिहीबार राति पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज राति वर्षा भए पनि भोलि बिहान केही समय घाम लाग्ने र दिउँसो बदली हुने सम्भावना रहेको महाशाखाले बताएको छ ।

    पछिल्लो २४ घन्टामा पोखरा, मनाङ, गोरखा, मकवानपुर, सिन्धुलीलगायतका जिल्लामा १४ मिलिमिटरसम्म वर्षा भएको छ। सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थान र कर्णालीमा छिटपुट पानी परेको छ। लुम्बिनीका पहाडी भेग, गण्डकी र बागमतीका पहाडी भेगमा भने हल्कादेखि मध्यम वर्षा भएको छ।

    शुक्रबार भने पश्चिमबाट मौसममा सुधार हुँदै जाने देखिन्छ। शुक्रबार दिउँसो कोशी र गण्डकीका पहाडी भूभागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार