Nepal Face
  • बुधबार, २४ भाद्र २०८३
  • काठमाडौं उपत्यकामा भारी वर्षा, नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह


    मंगलबार, साउन २३ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा भारी वर्षा भएकाले नदी र खोलाहरुको जल सतह बढिरहेको छ । काठमाडौं उपत्यकाको बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपासमा भारी वर्षाका कारण नदीहरूको जल सतह बढिरहेको हो ।

    भारी वर्षापछि विष्णुमती, धोविखोला, मनोहरालगायतमा बाढी आएकाले नदी तटीय क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजे सम्म सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार