Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • सांसद खतिवडाको आग्रह- दुबईको जेलमा मृत्युदण्ड सुनाइएका दुई नेपालीका लागि तुरुन्त ब्लडमनी जुटाऔं


    बिहिबार, फाल्गुन १० २०८०
    700
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। दुबईको जेलमा ब्लड मनी तिर्न नसकि मृत्युदण्डको सजाए सुनाइएकापहलमान मगर र भुवन श्रेष्ठको ब्लडमनी पचास लाख रुपैंयाँ तिरेर उनीहरुलाई नेपाल ल्याउनेपहल गर्न नेपाली कांग्रेस सांसद रामहरी खतिवडाले सरकारसँग आग्रह गरेका छन्।

    बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोलेका सांसद खतिवडाले साथीलाई अस्पताल लैजाने क्रममा निधन भएपछि सोही केसमा मृत्युदण्डको सजाए सुनाइएका मगर र श्रेष्ठको उद्दारका लागि सरकारले जतिसक्दो चाँडो पहल गनुपर्नेमा जोड दिएका हुन्।

    खतिवडाले भने,‘ओखलढुंगा चिसंखुगढी–३ बस्ने यमबहादुर श्रेष्ठका छोरा भुवन श्रेष्ठ र धार्दिङ निवासी पहलमान मगर पाँच वर्षदेखि युएईको दुबईमाएउटा जेलमा हुनुहुन्छ। उहाँहरुलेनवलपरासीको साथी बाबुराम आलेलाई हस्पिटल लाने क्रममा आलेको मृत्यु भएपछि त्यो केसमा ५० लाख ब्लडमनी दिनुपर्ने कारणले जेलमा छन्। दुवैले ५० लाखका दरले ब्लडमनी नदिए यही महिनामा उनीहरुलाई मृत्युदण्ड दिने घोषणा युएई सरकारले गरेको छ।’ उनले थपे, ‘सरकारले भुवन श्रेष्ठ र पहलमान मगरलाई स्वदेशमा ब्लडमनी तिरेर ल्याउने पहल गरोस्। प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले छिटो भन्दा छिटो पहल गर्नुपर्यो।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार