Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नर्भिक छाडेका बस्नेत बी एण्ड सी मेडिकल कलेज र पूर्वान्चल क्यान्सर हस्पिटलको सीईओमा चयन


    शनिबार, कार्तिक २२ २०७७
    820
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • झापा । काठमाडौंको थापाथलीस्थित नर्भिक हस्पिटलका महाप्रबन्धक प्रदीप वस्नेतले झापास्थित बी एण्ड सी मेडिकल कलेज र पूर्वान्चल क्यान्सर हस्पिटलको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यभार सम्हालेका छन् ।

    दुई दशक भन्दा लामो समयदेखि विभिन्न प्रतिष्ठित सस्थामा सफल ब्यवस्थापकीय जिम्मेवारी सम्हालेका बस्नेत नर्भिक हस्पिटलमा विगत ५ बर्षदेखि कार्यरत थिए ।

    नवनियुक्त सीईओ बस्नेतले आफ्नो कार्यकालमा मेडिकल कलेज र अस्पतालले दिदै आएको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै लैजाने बताए । उनले आफ्नो अनुभव, ज्ञान र सीपको पूर्ण  प्रयोग गरी बी एण्ड सी मेडिकल कलेज र पूर्वान्चल क्यान्सर हस्पिटललाई नेपालको एक प्रतिष्ठित स्वास्थ्य संस्था बनाउन लागिपर्ने समेत प्रतिवद्धता जाहेर गरे ।

    कोरोना भाइरस महामारीको बेला कर्मचारी तथा हस्पिटल व्यवस्थापनसँग समन्वय गरी प्रभावकारी भूमिका निर्वाह गरेका बस्नेत नर्भिकमा निकै रुचाइएका कर्मचारी मानिन्छन् ।

    बस्नेतसँग विभिन्न प्रतिष्ठित कम्पनीमा २० वर्ष भन्दा बढी उच्च ब्यबस्थापकीय जिम्मेवारीमा रहेर काम गरेको अनुभव छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार