Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्रिकेट रंगशालालाई भरतपुर महानगरपालिकाको २ करोड आर्थिक सहयोग


    शनिबार, कार्तिक २२ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भरतपुर महानगरपालिकाले निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई थप २ करोड आर्थिक सहयोग प्रदान गरेको छ ।

    महानगरले शुक्रवार धुर्मुस सुन्तली फाउन्डेसनलाई थप २ करोड आर्थिक सहयोग प्रदान गरेको हो ।

    महानगरका प्रमुख रेणु दाहालले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेललाई आर्थिक रकम हस्तान्तरण गरिन् ।

    यस अघि पनि महानगरले रंगशालालाई २ करोड सहयोग गरिसकेको छ । २०७५ साल माघ १६ गते महानगर र फाउण्डेसनबीच सम्झौता भएपछि रंगशाला निर्माण अघि बढेको थियो ।

    हालसम्म रंगशालाको मुख्य मैदानको काम ९० प्रतिशत सकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार