काठमाडौं । पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले असक्षम फिरंगी नेताहरु नेतृत्वमा पुग्दा रौतहट समग्र विकासमा पछाडि परेको टिप्पणी गरेका छन। सधैं भरी बाहिर बसेर चुनावको समय मात्र रौतहट सम्झने नेताहरुको नेतृत्वका कारण जिल्ला पछि परेको उनले टिप्पणी गरेका हुन्।
गृह जिल्ला रौतहटको सदरमुकाम गौरमा भन्सारको लुटकारी ४५ प्रतिशत पुरस्कारको ब्यबस्था हटाउन पार्टी द्वारा आयोजित बृहत्त भेलालाई सम्बोधन गर्दै उनले उक्त विचार राखेका थिए। २०१५ सालदेखि देशको ठूला ठूला आन्दोलन , राजतन्त्रविरुद्धको आन्दोलनमा समेत रौतहटको भूमिका महत्वपूर्ण तथा अग्रणी रहेको उनकाे भनाइ छ ।
तर, पछिल्लो समय केही नेता व्यक्तिगत स्वार्थमा लागेको कारण जिल्लाको नाम बदनाम मात्र होइन कलंकित भइरहेको बताएका अध्यक्ष साहले पूर्व प्रधानमन्त्री माधव कुमार नेपालप्रति आक्रोस व्यक्त गर्दै देशको नेतृत्व गर्दा पनि आफ्नै गृह जिल्ला विकासमा पछाडि पर्नु फिरंगीपनको संज्ञा दिए ।
पूर्वकालदेखि उर्वरभूमि मधेश भूमि उजाड हुनुमा मुख्यतः नेता नेपाल र उपेन्द्र यादव रहेको उनको आराेपमा छ । संघीयता भएदेखि नै उपेन्द्र यादवको पार्टीले मधेशको सत्ता चलाए पनि मधेश प्रदेश कहाँ पुग्यो सहजै अनुमान गर्न सकिने उनकाे भनाइ छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend