Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • धरानमा छोराको कुटाइबाट आमाको ज्यान गयो


    मंगलबार, फाल्गुन ८ २०८०
    905
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। छोराको कुटाइबाट गम्भीर घाइते भएकी आमाको मृत्यु भएको छ।

    धरान-११ कुबिर्ता चोक नजिकैको महावीर चोकका २९ वर्षीय दीपक राई र आमा ४६ वर्षीय रोमनसरी राईबीच सोमबार राति साढे ८ बजे झगडा भएको थियो। यस क्रममा कुटपिटबाट रोमनसरी गम्भीर घाइते भएकी थिइन्। यसपछि उपचारका लागि बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएपछि उनको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

    दीपकले लागू पदार्थ र मादक पदार्थ सेवन गरी आमालाई कुटपिट गरेको प्रहरीको भनाइ छ। दीपकलाई सोमबार नै प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई अनुसन्धानका लागि म्याद थप गर्न आज सुनसरी जिल्ला अदालत लैजाने तयारी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।

    मृतकका श्रीमान्‌ रामबहादुर राईले छोरा दीपकलाई कर्तव्य ज्यानमा निवेदन दर्ता गराएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार