Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाका कारण थप १८ जनाको मृत्यु


    शुक्रबार, कार्तिक २१ २०७७
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १८ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ ।

    पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ९ जना संक्रमित भएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ ।

    कुल संक्रमित मध्ये १ लाख ५२ हजार ९ सय ८ जना निको भएका छन् । ३४ हजार ९०५ जना सक्रिय संक्रमित छन् । हालसम्म १५ लाख १७ हजार ३४३ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार