Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • बल्ल सुरु हुने भयो क्रिकेट टोलीको प्रशिक्षण


    शुक्रबार, कार्तिक २१ २०७७
    850
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएसँगै प्रभावित बनेको नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण फेरि सुरु हुने भएको छ । पछिल्लो समय ठप्प रहेको नेपाली क्रिकेटको गतिविधि आगामी मंसिर दोस्रो सातादेखि पुन: सुरु हुने भएको हो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रशिक्षणका लागि राष्ट्रिय खेलकूद परिषद (राखेप) ले अनुमति दिएको जनाएको छ ।

    राखेपबाट प्रशिक्षणको अनुमति पाएपछि छठ पर्वको लगत्तै प्रशिक्षण सुरु हुने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । अनुमति पाएपछि क्यानले प्रशिक्षणको तयारी थालेको उनले उल्लेख गरे । कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि क्रिकेट खेलाडी प्रशिक्षणविहीन अवस्थामा छन् । आठ महिनापछि खेलाडी सामूहिक अभ्यासमा जुट्ने छन् ।

    हाल क्रिकेट खेलाडी काठमाडौं तथा कतिपय उपत्यका बाहिर रहेका छन् । प्रशिक्षण अघि सबै खेलाडीको स्वाब परीक्षण गरिने त्यसको नतिजाका आधारमा प्रशिक्षणमा सहभागी गराइने क्यान अध्यक्ष चन्दले बताए । खेलाडी र प्रशिक्षकलाई आवश्यक परेको खण्डमा होटल तथा गेष्ट हाउसमा राख्न सकिने उनको भनाइ छ ।

    यसअघि क्यानले राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण १ भदौदेखि थाल्ने योजना बनाएको थियो । कोरोना महामारी बढ्दै गएपछि प्रशिक्षण स्थगन गर्नुपरेको थियो । प्रशिक्षणका लागि क्यानले २४ भन्दा बढी खेलाडीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । खेलाडी सहभागिताको निर्णय प्राविधिक समितिले गर्नेछ ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार