काठमाडौं । नेपाली सेनाका तीनजना सहायक रथीको उपरथीमा बढुवा भएको छ । मन्त्रिपरिषद्को आइतबारको निर्णय अनुसार उनीहरूको बढुवा भएको हो । सैनिक मुख्यालयले सहायक रथीत्रय अनुपजंग थापा, सुनिल श्रेष्ठ र प्रकाश देउजालाई बढुवा सिफारिस गरेको थियो । रक्षा मन्त्रालयको प्रस्तावमा सरकारले उनीहरूको बढुवा गरेको हो । थापा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, श्रेष्ठ मध्यपश्चिम पृतना र देउजा सैनिक मुख्यालयमा कार्यरत रहेका छन् ।
बढुवा हुनासाथ उपरथी प्रकाश देउजालाई संभाररथी विभागमै पदस्थापन गर्ने चलखेल भइरहेको छ । देउजा संभार रथी विभागमै सहायकरथीका रुपमा कार्यरत रहेकै अवस्थामा उपरथी बढुवा भएका हुन् । संभाररथी विभागका प्रमुख उपरथी बिष्णु राउत छन् । संभाररथी विभागले सेनाको सबै बन्दोबस्तीका सामान खरिद गर्छ ।
संभारका प्रमुख राउत भएपनि सबै चलखेल देउजाले नै गर्दैआएका थिए । सेनाको संभाररथी विभाग सवैको रोजाइमा पर्दछ । संभारको आकर्षण देखेरै देउजा त्यहीँ पदस्थापन हुने दाउमा छन् । उनले संभारमै पदस्थापन हुनका लागि वातावरण मिलाउन बढुवा नहुँदै २०८० माघको अन्तिमसाता ठेकेदार राजमान मिश्रलाई भेट गरेको स्रोत बताउँछ ।
यसअघिका संभाररथी विभाग प्रमुख प्रदीपजंग केसी पनि देउजालाई सेनाको खरिदको हाकिम बनाउन लागेका छन् । संभाररथी प्रमुख हुँदा एमआई १७ हेलिकोप्टर मर्मत गर्ने कम्पनी छनोटका क्रममा अनियमितता गरेको काण्ड सार्वजनिक भएपछि केसीको सरुवा भएको थियो । त्यसपछि संभार प्रमुखमा राउत आएका थिए भने सेकेन्डम्यान देउजा । प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल ६ महिना पनि बाँकी नभएको अवस्थामा उपरथी केसी पनि देउजालाई संभारमा ल्याउन लागेका हुन् ।
केसी संभारको प्रमुख हुँदा ठेकेदारहरु जलेश्वर पौडेल र राजमान मिश्रले सेनाका ठेक्कामा प्रवेश पाएका हु्न् । केसी सरुवा भएपछि उनले नै देउजासँग ठेकेदार पौडेल र मिश्रसँग भेट गराइदिएका थिए । २ बर्षअघि गोर्खा ह्याटको ठेक्का लिएर बुझाउन नसकेपछि राजमान मिश्रको जेएमबीडी कालोसूचीमा परेको थियो । कालोसूचीबाट फुकुवा हुनासाथ उपरथी केसीले संभारको प्रमुख हुँदा मिश्रलाई सेनाको ठेक्कामा प्रवेश गराएका थिए । केसीको सरुवा भएपछि उनैमार्फत् मिश्र र पौडेलल देउजासँग लाइन मिलाएका थिए ।
सेनाको संभारथी विभागले यसअघि स्वदेशी कम्पनीबाट उत्पादित जुत्ता नलिएर कमिसनको सेटिङमा चाइनिज जुत्ता ल्याउने गरी ठेक्का दिएपछि आलोचना भइरहेको छ । कमिसनको चलखेलमा चाइनीज कम्पनीको जुत्ता खरिद गरिएको बिषयमा नेपालफेसले यसअघि नै उजागर गरिसकेको छ । सेनाले २०७६–०७७ सालमा स्पोर्टस जुत्ताको टेण्डर चाइनिज जुत्ताको नमूना हाल्ने कम्पनीलाई दिएको थियो ।
चाइनिज स्पोर्टस जुत्ता गुणस्तर नभएको र अत्यन्तै कमजोर भएको भन्दै सेनाभित्र नै विवाद भएपछि नेपालमै उत्पादित गोल्डस्टार जुत्ता खरिद गर्दैआएकोमा यो बर्ष कमिसनको लोभमा चाइनीज स्पोर्टस जुत्ता खरिद गर्ने निर्णय गरेको छ । जुत्ता खरिदमा भएको यो चलखेलले पनि सेनाभित्र सामान खरिदमा हुने गरेको गरेको सेटिङलाई उजागर गर्दछ । संभाररथीबाट अरबौंको खरिद हुने भएकाले उक्त विभागको प्रमुख हुन सेनाभित्र रस्साकस्सी चल्ने गरेको छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend