काठमाडौं । कांग्रेसका तीन जना केन्द्रीय सदस्यलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
कांग्रेसका केन्द्रीय सदस्यहरू दिलेन्द्रप्रसाद बडु, सुरेन्द्रराज पाण्डे र फरमुल्लाह मन्सुरलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
उनीहरुले बिहीबार कोरोना परीक्षण गरेका थिए। आजको आएको रिपोर्टमा पोजिटिभ देखिएको जनाएको छ।
उनीहरुले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भएको सार्वजनिक गरेका छन्। बडु र पाण्डे होम आइसोलेसनमा बसेका छन् भने मन्सुर अस्पताल भर्ना भएका छन्।
आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत रहन र सतर्कता अपनाउन आग्रह गरेका छन्।