काठमाडौं । चर्चित कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था जटिल बनेको छ। कोरोना भाइरसको संक्रमण भएको उनलाई अस्पताल भर्ना गरिएको छ ।
बुधबार उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको हो ।
गजुरेललाई कात्तिक ११ गते लक्षणसहित संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएपछि घरमै आइसोलसनमा रहेका उनको स्वास्थ्य खराब भएपछि बुधबार नै उनलाई अस्पताल लगिएको हो ।
केही समयअघि उनी दाजुको उपचारका क्रममा अस्पताल आउनेजाने क्रममा संक्रमण भएको आशंका गरेका छन् ।