Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • लामो समय पछि समाजवादी मोर्चाको बैठक बस्दै


    आइतबार, फाल्गुन ६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी नेतृत्वको समाजवादी मोर्चाको बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको मोर्चाको बैठक लामो समय पछि आज बस्न लागेको हो ।

    बैठक बिहान ८ बजे बस्नेछ । बैठकमा मोर्चाको आगामी कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।

    सो मोर्चामा प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रसहित, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आवद्ध रहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार