Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्वोच्चले भन्याे-काेराेनाकाे नि:शुल्क उपचारबारे भएकाे फैसला पुनरावलोकन गर्न आवश्यक छैन


    बिहिबार, कार्तिक २० २०७७
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले यसअघी कोरोना भाइरसको निःशुल्क परीक्षण र उपचार गर्न दिएको आदेश नै कार्यान्वयन हुने भएको छ ।

    सरकारले यो आदेश पुनरावलोकन गर्न दिएको निवेदन सर्वोच्च अदालतले अस्वीकार गरेसँग पुरानै आदेश कार्यान्वयन गर्नुपर्ने भएको हो।

    न्यायाधीश हरिकृष्ण कार्की, सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले यसअघिको फैसला पुनरावलोकन नहुने आदेश गरेको हो।

    सर्वोच्चले यसअघि नै कोरोना परीक्षण र उपचार नि:शुल्क गर्न आदेश दिएको भएपनि सरकारले त्यसको अवज्ञा गरेको थियो ।

    आदेश अवज्ञा गरेको मुद्दा सर्वोच्चमा परेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक १७ गते पुनरावलोकन निवेदन दर्ता गरेको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार