Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हत्या गरेर फरार रहेका आलेमगर धरानबाट पक्राउ


    बिहिबार, कार्तिक २० २०७७
    820
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । गोरखाको अजिरकोटका २५ वर्षीय आशिष मगरको हत्या गरेको आरोपमा थप एक जना पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आशिषको हत्यामा संलग्न भएको आरोपमा उदयपुरका २० वर्षीय रुपेश आलेमगरलाई धरानबाट पक्राउ गरेको हो। 

    कात्तिक १४ गते टोखा नगरपालिका–५ स्थित देवी मन्दिर परिसरमा आशिषको हत्या भएको थियो। केटीको विषयमा विवाद हुँदा रुपेश आलेमगरको समूहले उनीमाथि आक्रमण गरेको थियो। आशिष मगरलाई छुरीले छातीमा प्रहार गरी तुरुन्तै घटनास्थलबाट भागेका थिए। उनी भागेर धरानसम्म पुगेको थिए। महाशाखाको टोलीले उनलाई धरानको भानुचोकबाट पक्राउ गरेको हो। 

    पक्राउ परेका रुपेशलाई कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको महाशाखाले जनाएको छ। हत्यामा प्रयोग भएको छुरी समेत प्रहरीले बरामद गरेको छ। 

    प्रहरीले यसअघि घटनामा संलग्न १९ वर्षीय दार्जे शेर्पा, टोखा–५ का २६ वर्षीइ डेडे भनिने राम श्रेष्ठ र स्याङ्जाको गल्याङ–३ का २७ वर्षीय रवि थापामगरलाई पक्राउ गरेको थियो।


    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार