काठमाडौं । सरकारले आर्थिक मन्दीको कारण देखाउँदै अत्यावश्यक बाहेकका कार्यक्रम कटौतीको घोषणा गरेको छ । गत बर्ष र यसबर्ष कार्यालय शीर्षकमा बिनियोजित बजेटमा विगतमा हुने गरेका परामर्श, गोष्ठी, सेमिनार जस्ता कार्यक्रमहरु कटौतीमा परेका थिए । अर्थमन्त्रालयले सबै मन्त्रालयहरुलाई आफ्ना मातहतका कार्यालयहरुलाई फजूल खर्च नगरी मितब्ययिता पटक पटक सर्कुलर भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको बैठकमा नियमित रुपमा बाहिरबाट उपलब्ध गराउँदैआएको खाजा कटौती गरेका छन् । पानी किन्नका लागि मन्त्रालय र कार्यालयलाई बजेट छैन । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रका निर्देशक र कर्मचारीहरुलाई प्रधानमन्त्री र अर्थमन्त्रालयको निर्देशन र बजेट कटौतीले फजुल खर्च गर्न कुनै बाधा नपुर्याएको तथ्य फेलापरेको छ ।
सूचनाको हक प्रयोग गरी माग गरिएको बिवरण अनुसार केन्द्रको अधिकांश बजेट परामर्श, गोष्ठी र सेमिनारमै सकिएको छ । केन्द्रका निर्देशक सुनिल शर्माले सरकारी बजेट उल्फाको धन फूपुको श्राद्ध जस्तै दुरुपयोग गरेका छन् । शुक्रबार हेटौंडाको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा सरुवा भएका सुनिल शर्माले केन्द्रमा आधा दशकदेखि हालीमुहाली गर्दैआएका थिए । गत आर्थिक बर्षमा मात्रै केन्द्रबाट अन्तरक्रिया र गोष्ठी जस्ता अनुत्पादक कार्यक्रममा करिब ६० लाख खर्च गरिएको छ । यस्ता कार्यक्रमको बजेट खर्च गरी शर्माले त्यसबाट ४० प्रतिशत कमिसन लिने गरेको आरोप लाग्दैआएको छ ।
प्रधानमन्त्री कार्यालय र अर्थमन्त्रालयको निर्देशन बिपरीत शर्माले अनावश्यक कार्यक्रमको शीर्षकमा करोडौं खर्च गरेका छन् । झारा टार्ने हिसाबले गरिएका यस्ता कार्यक्रमले स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउनभन्दा पनि शर्मालाई आर्थिक लाभ भने निकै भएको देखिन्छ ।
केन्द्रबाटै प्राप्त विवरण अनुसार परिवार नियोजन, सुरक्षित मातृत्व शीर्षकमा इलाम, झापालगायतका जिल्लामा कार्यक्रम गरेको भनी ८ लाख ४२ हजार भुक्तानी गरिएको छ । यी प्रतिनिधि उदाहरण हुन्, स्वास्थ्य सचेतनाका नाममा केन्द्रले डिजिटल इलेक्ट्रोनिक बोर्डबाट सन्देश प्रशारण, टेलिभिजन सन्देश, रेडियो सन्देशका नाममा पनि उत्तिकै अनियमितता भएको छ ।
केन्द्रका निर्देशक शर्माले स्वास्थ्य जागरणका लागि छ्ुटयाइएको अधिकांश बजेट परामर्श, गोष्ठी, अन्तरक्रिया, सेमिनार, सन्देश, जिंगल जस्ता अनुत्पादक र प्रभावहीन कार्यक्रममा खर्च गरेका छन् ।
त्यस्तै, पेशागत वातावरण तथा वायु प्रदूषण जलवायु परिवर्तन सम्बन्धी औद्योगिक मजदुरहरुका लागि औद्योगिक क्षेत्रहरुमा कार्यक्रम गरेको भन्ने शीर्षकमा ७ लाख ४६ हजार खर्च गरिएको छ ।
वातावरण प्रदूषण र जलवायु सम्बन्धी कार्यक्रम केन्द्रको कार्यक्षेत्रभित्र नभई वातावरण विभागको हो । तर स्वास्थ्यसम्बन्धी जनचेतना जगाउनका लागि स्थापित केन्द्रले आफूसँग सरोकार नभएको कार्यक्रम जबर्जस्ती स्वास्थ्य मन्त्रालयको कार्यक्रममा राख्न लगाएर झारा टार्ने कार्यक्रम कागजमा गरेको देखाएर कमिसन खाएको आरोप छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend