Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • मधेसका मुख्यमन्त्री यादवले आइतबार तेस्रो पटक विश्वासको मत लिँदै


    शुक्रबार, फाल्गुन ४ २०८०
    690
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार तेस्रो पटक विश्वासको मत लिने भएका छन्।

    नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम आइतबार २ बजे मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूची रहेको मधेस प्रदेश सभाका निमित्त सचिव अरुणकुमार झाले जानकारी दिए।

    मधेस सरकारबाट जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्।

    गत माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार