Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • अर्थमन्त्री महतले भने- बजेट कटौती भयो, राजस्व घट्यो भन्ने कुरा गलत हो


    शुक्रबार, फाल्गुन ४ २०८०
    660
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतले चालु आर्थिक वर्षको बजेट कटौती नभएको स्पष्ट पारेका छन्। शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री महतले संसद्‌ले पारित गरेको बजेट अर्थ मन्त्रालयले कटौती गर्न नसक्ने हुँदा बजेटको कटौती नभएको बताए।

    ‘बजेट नै कटौती भयो, राजस्व भट्यो भन्ने कुरा गलत हो। बजेट कटौती गरेको हैन, जति सम्भव हुन्छ बढी खर्च गर्न हामी कोसिस गर्छौं। संसद्‌ले पारित गरेको विषय हामीले कटौती गर्न सक्दैनौं। तर खर्च र आम्दानी कति गर्न सक्छौं भनेर अनुमान मात्र गर्ने हो,’ उनले भने।

    बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले चालु वर्षका लागि विनियोजन गरेको बजेटमा दुई खर्ब बढी बजेट खर्च कम हुने संशोधित अनुमान गरेको थियो।

    सरकारले चालु वर्षमा १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट विनियोजन गरेकोमा अर्धवार्षिक समीक्षामा १५ खर्ब ३० अर्ब रुपैयाँको बजेट खर्च हुने संशोधित अनुमान गरेको छ।

    त्यस्तै बजेटको क्रममा १४ खर्ब २२ अर्बको राजस्व संकलन हुने अनुमान गरिएकोमा अर्धवार्षिक समीक्षापछि १२ खर्ब तीन अर्ब रुपैयाँ राजस्व उठ्ने आकलन गरिएको छ।

    हालसम्म उठेको राजस्वको आधारमा उठ्न सक्ने राजस्व र खर्च हुन सक्ने बजेटको आकलन मात्रै गरिएको उनले बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार