Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • भारतीय सेनाध्यक्ष र प्रधानसेनापति थापाबीच भेटवार्ता


    बिहिबार, कार्तिक २० २०७७
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणे र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ ।

    बिहीबार जंगी अड्डामा भएको भेटवार्ताका क्रममा नेपाली सेनाका प्रधान सेनापति र भारतका स्थल सेनाध्यक्षबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको थियो ।

    सो छलफलपछि भारतीय सेनाध्यक्ष जनरल नरावणेलाई नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाहरुका बारेमा प्रस्तुतिकरण गरिएको थियो ।

    भेटघाट पश्चात् जङ्गी अड्डामै आयोजित अर्को कार्यक्रममा, जनरल नरावणेले नेपाली सेनालाई विगतमा सम्पन्न नेपाल–भार बिलाटेरल कन्सल्टेटिभ ग्रुप मिटिङ अन सेक्युरिटी इस्यूको निर्णय अनुसार, सहयोग स्वरुप दुई ओटा फिल्ड अस्पताल स्थापनाको लागि एम्बुलेन्स, उपकरणहरु तथा अन्य स्वास्थ्य सामग्रीहरुका साथै भेन्टिलेटरहरु समेत हस्तान्तरण गरे ।

    आज साँझ नरावणेलाई राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार