सोलुखुम्बु । साेलुखुम्बुकाे सोताङ गाउँपालिका–३ बानेल्द बस्ने २८ वर्षीया सोमा लामाको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २९ वर्षीय होमबहादुर राई छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो।