Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • डीएसपी पन्थीले पाए इन्टरनेशनल इन्भेस्टिगेसन अवार्ड


    बिहिबार, फाल्गुन ३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी नायब उपरीक्षक गोविन्द पन्थी लाई (KIN INDIA) ले इन्टरनेशनल इन्भेस्टिगेसन अवार्ड प्रदान गरेको छ । उक्त संस्था मानब बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा काम गर्दै आइरहेको संस्था हो। डीएसपी पन्थी मानव बेचबिखन अनुसंधान ब्यूरो बाट उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा भएर आएका थिए।

    सन २०२३ मा मानव बेचबिखन नियन्त्रणको क्षेत्रमा उत्कृष्ट भएको भन्दै उनलाई (KIN INDIA) ले छनोट गरेको थियो। उक्त अवार्ड लिन संस्था ले उनलाई भारत को दिल्ली स्थित नेपाली राजतुताबास मा आयोजनामा गरिएको कार्यक्रममा आमन्त्रण गरेकोमा उनी जान असमर्थ भएकोमा संस्थाका अध्यक्ष नवीन जोशी र सल्लाहकार इन्द्र राज भट्टराई सहित को टोलिले उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्र सिंह राठौर को उपस्तिथिमा आज उक्त अवार्ड डीएसपी पन्थीलाई हस्तान्तरण गरेको हो।

    डीएसपी पन्थी अहिले उक्त कार्यालय को पिलर आठ वैदेशिक रोजगार ठगी मुद्दाको अनुसन्धान तथा कारबाहीको जिम्मेवारीमा छन। उनले उक्त पिलरबाट विदेश पठाउने भनी ठगी गरेका कन्सल्टेन्सी, म्यानपावर , दलाल र ट्राभल एजेन्सीहरुलाई निर्मम रुपमा कारबाही गर्दै आएका छन र उनी पिडित को भरोसा का केन्द्र बन्दै आएका छ्न।

    पछिल्लो समय भिजिट भिसाको प्रयोग गरी मानव तस्करी मा सङ्लग्न गिरोहको पहिचान गरी कारबाही गर्ने कार्यमा एसएसपी सोमेन्द्र सिंह राठौर को निर्देशनमा उनले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए। जस्को कारण भिजिट भिसा मार्फत सङगठित रूपमा मानव तस्करी मा सङ्लग्न भएकोमा अध्यागमन अधिकृत सहित ट्राभल सञ्चालक र दलाल गरी आठजना पुर्पक्षका लागि थुनामा छ्न भने ३० जना धरौटीमा छुटेका छ्न।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार