Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • प्रहरीमा दोहोरी नीतिः रेग्मीलाई कारबाही, जुवाको ४० लाख गायब पार्ने एसपीलाई उन्मुक्ति ? 


    बिहिबार, कार्तिक २० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्रीले कार्यसम्पादन कमजोर भएका र आर्थिक विवादमा मुछिएका इन्चार्जलाई हटाउँदै आएका छन् । उनले त्यही नीति अन्तर्गत धादिङका एसपी रविन्द्र रेग्मी आर्थिक विवादमा मुछिएको गुनासो आएको भन्दै २०७७ असोज ८ मा तानेका थिए ।

    एसपी रेग्मी क्रसरवालासँग सेटिङ गरेको अमूर्त आरोपमा तानिए तर जुवाखालमा ७० लाख बरामद भएकोमा २९ लाख मात्र बरामद गरी अरु गायब पार्ने बाँकेका एसपी ओमबहादुर रानाका बारेमा आइजीपी थापाले छानबिन समेत गर्न आवश्यक ठानेका छैनन् । धादिङका एसपी रविन्द्र रेग्मीलाई ९ महिनामै तानेका उनले रानामाथि ४० लाख गायब पारेको आरोप लाग्दा पनि चासो नै दिएका छैनन् । सामान्यतया १ बर्षसम्म इन्चार्ज सरुवा नगर्ने नीति प्रहरीमा छ । रेग्मी २०७६ मंसिर २० मा सुर्खेतबाट धादिङ सरुवा भएका थिए ।  

    ४० लाख गायब पार्ने एसपी चोख्खै !

    २०७७ कात्तिक १२ गते बुधबार नेपालगञ्जमा प्रहरीले छापा हानेको जुवाखालबाट करिब ७० लाख रुपैयाँ बरामद गरेको थियो । तर प्रहरीले करिब २९ लाख मात्र बरामद भएको बताएपछि बाँकी पैसाको बारेमा अहिलेसम्म कुनै खोजीनीति हुन सकेको छैन ।

    ठूलो रकम गायब भएपछि प्रहरीमाथि नै शंका भएको छ । सुरुमा त्यहाँ वडा प्रहरी कार्यालयका इन्सपेक्टर डिल्ली खड्काको नेतृत्वमा छापा हानिएको थियो । जिप्रकाले पनि छापा हान्ने तयारी गरेको थियो । वडाले छापा हानेलगत्तै एसपी ओम राना आफैं पुगेका थिए । वडा प्रहरीको सेटिङमा जुवा खेल हुने गरेको सूचना एसपी रानाका घुमुवा सई भीमबहादुर डाँगीले थाहा पाएपछि छापा हानिएको थियो । त्यसक्रममा बरामद भएको रकममध्ये ४० लाख गायब पारी २९ लाखमात्र देखाइएको स्रोत बताउँछ ।

    स्रोतका अनुसार वडा प्रहरी कार्र्यालयको सेटिङमै त्यहाँ जुवा चल्ने गरेका थियो । वडाका विष्ट थरका एक घुुमुवा प्रहरी नै सेन्ट्री बसेका थिए । सुजन नाम गरेका अर्का ड्राइभरलाई पनि जुवाडेलाई सहयोग गर्न खटाइएको थियो । जिल्लाबाट टोली छापा हान्न आउन लागेको सूचना पाएपछि वडाले अगाडि नै छापा हानेको हो । त्यसक्रममा जुवाखालको मोटो रकम हिनामिना भएको स्रोत बताउँछ । पछि जिप्रकासँग समेत लेनदेन भएपछि घटनालाई गोप्य राख्ने प्रयास भएपनि माथिल्लो निकायमा पुगेको छ ।

    २०७७ कात्तिक १४ गते राति  एसपी रानाका घुमुवा सई भीमबहादुर डाँगीसहितका प्रहरीले मदिरा सेवन गरी कोहलपुरको एक घरमा छापा हानेको विषय पनि विवादित बनेको छ । जुवा खेलेको आशंकामा अमृत गिरीको घरमा सई डाँगी पुगेका थिए । गिरीको परिवारले नै उनलाई कुटपिट गर्न लागेपछि ती प्रहरीले पेस्तोल देखाएका थिए । पछि इप्रका कोहलपुरका डिएसपी कुलदिप चन्द पुगेर उनलाई छुटाएको स्रोत बताउँछ । डाँगीलाई एसपी रानाले पैसा असुल्न प्रयोग गर्दै आएका छन् । त्यसरी बिना कुनै आदेश सर्वसाधारणको घरमा खानतालासी लिन गएको विषयमा प्रहरी मुख्यालयसम्म उजुरी परेको छ । घुमुवा सई डाँगीले सीमा क्षेत्रका तस्करहरुबाट रकम असुली गर्नेदेखि पहाडी भेगका जडिबुटी कारोबारीसँग पनि एसपी रानाको नाममा असुली गर्दैआएका छन् ।

    तर प्रहरी प्रधान कार्यालयले एसपी रानाका आचरण बिपरीतका गतिबिधिका बारेमा उजुरी वा विभिन्न माध्यमबाट जानकारी पाए पनि बेवास्ता गर्दैआएको छ । किनकि उनी गृहमन्त्री रामबहादुर थापाका पुत्रसँग कनेक्सन भएकाले आइजीपीले उनलाई छुन नसकेको चर्चा प्रहरीमा हुने गरेको छ । एसपी राना डीएसपी हँुदा रसुवा, बौद्ध जस्ता ठाउँमा कार्यरत रहँदा पनि आर्थिक विवादमा जोडिएका पात्र हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार