Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • गाडीले साइकललाई ठक्कर दिँदा दाङमा एक महिलाको मृत्यु


    बुधबार, फाल्गुन २ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । दाङमा गाडीले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा एक किशोरी गम्भीर घाइते भएकी छन्। प्यूठानको झिमरूक गाउँपालिका-१ घर भई हाल दाङको राप्ती गाउँपालिका–८ पिपरीमा बस्दै आएकी ३५ वर्षीया राधा बस्नेतको मृत्यु भएको छ।

    गम्भीर घाइते उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी सिसहनियाँ लगिएकोमा त्यहाँबाट लमही अस्पतालमा पुर्‍याउनासाथ बेलुकी ४ बजेर ५५ मिनेट जाँदा बस्नेतलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले बताए।

    साइकल चलाइरहेकी बस्नेतको मृत्यु भएको र सोही साइकलको पछाडि सवार राप्ती गाउँपालिका–८ पिपरीकी १६ वर्षीया विपना केसी गम्भीर घाइते भएकी छन्। दाङको प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई बुटवल रिफर गरिएको छ।

    पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुधबार बेलुकी राप्ती गाउँपालिका–८ पिपरीमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२२ च १३६९ नम्बरको स्कार्पियोले पश्चिमतर्फ आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार