Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • ३० हजार १३१ जना संक्रमित होम आइसोलेसनमा


    बुधबार, कार्तिक १९ २०७७
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। 

    मंगलबार  ३६ हजार ९ सय ११ जना सक्रिय संक्रमितमध्ये ३० हजार १ सय ३१ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।  

    मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ४३ जना होम आइसोलेसनमा छन्। 

    त्यस्तै प्रदेश १ मा  ५ हजार ३ सय ९, प्रदेश २ मा १ हजार ११, लुम्बिनी प्रदेशमा  २ हजार ७ सय ३८, सुदूरपश्चिम प्रदेशमा ६९०, गण्डकी प्रदेशमा १७१० र कर्णाली प्रदेशमा २७० जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार