Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २४ घण्टामा ३ हजार ८४४ जना कोरोना संक्रमित संक्रमणमुक्त


    बुधबार, कार्तिक १९ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ४४  जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। 

    देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। 

    यो सँगै नेपालमा  १ लाख ४४ हजार ८ सय ७८ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ७९ दशमलभ २ प्रतिशत रहेको छ। 

    मन्त्रालयका अनुसार १३ हजार १ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १४ लाख ९४ हजार १ सय २२ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।  

    मन्त्रालयका अनुसार १ हजार ३ सय ५ जना क्वारेन्टाइनमा छन्।  नेपालमा ३६ हजार ९  सय ११ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार