काठमाडौं । नेपाली चर्चित गायिका एलिना चौहानले आफ्नो नाम बदनाम नगर्न आग्रह गरेकी छन् । आफू ‘कट्टा हान्दिन्छु’ गीतको गायक मात्र भएको भन्दै उनले बदनाम नगर्न आग्रह गरेकी हुन् ।
‘कट्टा हान्दिन्छु’ बोलको गीतलाई चोरीको आरोप लगाइएको छ । त्यसबारे उनले आफू गायक मात्र भएको स्पष्ट पारिन् । उनले बाह्रखरीसँग भनिन्, “स्थापित गीतकार (नेत्र अर्याल)ले लेखेको गीत हो । उहाँलाई गीतका केही शब्द चोरी गरिरहनु पर्दैन भन्ने लाग्छ ।”
शब्द र बिट नै नमिल्ने गीत कसरी चोरी हुन्छ ? उनको प्रश्न छ ।
“हाम्रो गीत हिट भएपछि पपुलारिटीका लागि उहाँहरूले आरोप लगाइरहनुभएको छ । मैले स्टेज प्रोग्राममा गाएर हिट बनाएको गीत हो,” उनी भन्छिन्, “हामीले कपी गरेको भए कसरी हिट हुन्थ्यो ? पहिला आएको गीत हो भने उनीहरूकै गीत हिट हुन्थ्यो होला ।”
‘कट्टा हान्दिन्छु’ विरुद्ध उजुरी समेत दिइएको छ । आफ्नो गीतबाट चोरी गरिएको दाबी गर्दै गायक विश्वराम कार्कीले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।
“चोरी भएको भए पनि त्यसको समाधान खोज्ने ठाउँ होला । प्रस्तोता समाज होला । त्यस्तै अर्को कुनै ठाउँ होला,” एलिना भन्छिन्, “मिडियाबाजी गरेर समस्या नै भए पनि समाधान हुँदैन । मेरो नाम दुरुपयोग गरेर हुँदैन । मलाई बदनाम गर्ने प्रयास भइरहेको छ । बिनागल्ती मैले गाली खाइरहेको छु, यो न्यायोचित होइन ।” प्रमाण भए पेस गर्न उनको चुनौती छ ।
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend