Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • पोखराबाट ७ किलो सुन र ६ किलो चाँदीसहित सुरजित पक्राउ


    मंगलबार, फाल्गुन १ २०८०
    955
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कास्की । पोखराबाट सात किलो भन्दा बढी सुन, ६ किलोभन्दा बढी चाँदी र नगद ६२ लाखसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

    भारतको पश्चिम बंगाल मेदिनीपुर दासपुर–११ घर भइ पोखरा महानगरपालिका–२ मोहोरिया टोलस्थित जय भैरव ज्वेलर्स संचालन गरी बस्ने ४० वर्षीय सुरजित भौमिक पक्राउ परेका हुन् ।

    मोहरियाको ज्वलेर्सबाट स्रोत खुलाउन नसकेको सुनका गहना तथा काँचो सुन ७ किलो ७ सय ८१ ग्राम ९९ मिलिग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    साथै उनलाई नगद ६२ लाख ८१ हजार रूपैयाँ र चाँदीका गहना ६ किलोसहित मंगलबार बिहान पक्राउ गरिएको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार