Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वसभामुख महरा पत्नी सीताको कोरोना संक्रमणका कारण निधन


    बुधबार, कार्तिक १९ २०७७
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको कोरोना संक्रमणका कारण निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान उनको निधन भएको हो ।

    महरा परिवार दशैं मनाउन रोल्पा मेवाङ गएको बेला स्वास्थ्यमा सीतालाई सामान्य समस्या देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङको गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।

    शरीरमा अक्सिजनको मात्रा एक्कासी घटेपछि र निमोनिया पनि देखिएपछि उनलाई कात्तिक १४ गते हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । पीसीआर परीक्षणका क्रममा उनमा कोरोना पुष्टि भएको थियो । र, ४ दिनदेखि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार