Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादीकाे विधान अधिवेशनको प्रस्ताव तयार पार्ने जिम्मेवारी पदाधिकारीलाई


    शनिबार, माघ २७ २०८०
    740
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको विधान सम्मेलनका लागि प्रस्ताव तयार पार्ने जिम्मेबारी पार्टी पदाधिकारीहरूलाई दिएको छ । शुक्रबार र शनिबार २ दिन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले आगामी फागुन १, २ र ३ गते बोलाइको सो सम्मेलनमा प्रस्तुत गर्ने प्रस्तावलाई अन्तिम रूप दिने जिम्मेबारी पार्टी पदाधिकारी बैठकलाई दिएको हो ।

    बैठकमा नेताहरूबिच पार्टीको केन्द्रीय समिति १५१ सदस्य रहने प्रस्तावमा सहमति भएको पनि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकमा नेताहरूले पार्टीलाई विधि र विधान अनुसार अघि बढाउन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए । उनीहरूले पार्टीलाई चुस्तदुरुस्त राख्ने कुरामा पनि जोड दिनुपर्ने आवश्यकता औँल्याएको पनि प्रवक्ता सापकोटाले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार