Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • पाँच डीआइजीको प्रस्ताव मन्त्रिपरिषदमै अड्कियो, रिक्त ३ पदमा बढुवा गर्ने तयारी


    मंगलबार, कार्तिक १८ २०७७
    765
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं ।  मन्त्रिपरिषदले दरबन्दीका बारेमा निर्णय नगरेका कारण ३ महिनादेखि डीआइजी बढुवा हुनसकेको छैन । डीआइजीका १२ दरबन्दी निलम्बनमा भएकाले तीमध्ये ५ पद कायम गरी बढुवा गर्ने प्रहरीको माग छ । प्रहरीको माग अनुसार नै गृहमन्त्रालयले मन्त्रिपरिषदमा ५ दरबन्दी कायम गरी रिक्त ३ समेत ८ डीआइजी पदमा बढुवा गर्न प्रस्ताव पनि लगिसकेको छ ।

     प्रहरी प्रधान कार्यालय र गृहमन्त्रालय पनि पाँच डीआइजी आवश्यक रहेको निष्कर्षमा पुगेका छन् । लागूऔषध ब्यूरो, साइबर ब्यूरो, जुनियर प्रहरी तालिम शिक्षालय भरतपुर, विमानस्थल सुरक्षागार्ड (एयरपोर्टं) र सुरक्षा निर्देशनालयमा डीआइजीकै दरबन्दी आवश्यक भएकाले पाँच डीआइजीका दरबन्दी कायम राख्नुपर्ने पक्षमा प्रहरी नेतृत्व र गृह मन्त्रालय रहेको स्रोत बताउँछ । तर मन्त्रिपरिषदले निर्णय नगरेका कारण डीआइजी बढुवा ३ महिनादेखि हुन सकेको छैन ।

    संघीयता लागू भइसकेको र संघमा थोरै संख्यामा प्रहरी रहने हुनाले सरकारले २०७६ चैतमा प्रशासनतर्फका २६ डीआइजीमध्ये १२ पद निलम्बन गरी १४ कायम गरेको थियो । निलम्बनमा राखिएका डीआइजीका दरबन्दी आवश्यक परे संगठन तथा ब्यवस्थापन सर्वेक्षण(ओएण्डएम) गरी पुनः कायम गर्नसकिने भनिएको थियो । पाँच डीआइजी आवश्यक पर्ने देखेर प्रहरीको माग अनुसार गृहले  मन्त्रिपरिषदमा प्रस्ताव लगेको थियो । तर मन्त्रिपरिषदले स्वीकृत नगरेकाले पाँच पद नकुरी रिक्त ३ पदमै बढुवा गर्ने तयारीमा आइजीपी शैलेश थापा क्षेत्री पुगेको स्रोत बताउँछ ।

    तत्कालीन आइजीपी ठाकुर ज्ञवाली, एआइजी तारिणी लम्साल र डीआइजी सूर्य उपाध्यायको अवकाशपछि ३ डीआइजी पद रिक्त छन् ।  

    तीन डीआइजी बढुवाका लागि हालका आइजीपी थापाकै समूहका एसएसपीहरु दाबेदार छन् । डीआइजी बढुवाका दाबेदार एसएसपीहरुमा गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, दिलीप चौधरी, राजेशलाल कर्ण, देवबहादुर बोहरा, दिवेश लोहनीसहित ९ जना छन् ।  २०७५ साल जेठमा प्रवेश गरेका सहकुल थापाहरुको समूहका १५ एसएसपी पनि बढुवाको दौडमा छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार