Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं उपत्यकामा १ हजार ४६८ संक्रमित थपिए


    मंगलबार, कार्तिक १८ २०७७
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय ६८ जना कोरोना संक्रमित थपिएका छन्। 

    देशभर थपिएका ३ हजार १ सय १४ मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ४ सय ६८ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    काठमाडौंमा १ हजार २ सय ४२, भक्तपुरमा ६३ र ललितपुरमा १ सय ६३ जना संक्रमित भेटिएका हुन्। योसँगै काठमाडौंमा ६५ हजार ७ सय ८८, भक्तपुरमा ५ हजार ९ सय ६६ र ललितपुरमा ९ हजार ३ सय १४ जना संक्रमित पुगेको छ। 

    हालसम्म काठमाडौंमा २ सय ४९, भक्तपुरमा ६८ र ललितपुरमा ६३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार