Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पछिल्लो २४ घण्टामा ३१४२ जना कोरोना संक्रमित डिस्चार्ज


    मंगलबार, कार्तिक १८ २०७७
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार  १ सय ४२  जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।  

    यो सँगै नेपालमा  एक लाख ४१ हजार १ सय ३४ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ७८ दशमलभ ६ प्रतिशत रहेको छ। 

    मन्त्रालयका अनुसार ११ हजार १ सय ६६ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १४ लाख ८० हजार ९ सय ७८ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।  

    मन्त्रालयका अनुसार १ हजार २ सय ७७ जना क्वारेन्टाइनमा छन्।  नेपालमा ३८ हजार ४ सय ७६ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार