काठमाडौँ। अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गर्ने सवालमा विदेशी लगानीकर्ताहरूको चासो बढेको उल्लेख गरेका छन्।
आज अर्थमन्त्रालयमा तेस्रो लगानी सम्मेलन निर्देशक समितिको बैठकमा मन्त्री महतले नेपालले गर्न थालेको लगानी सम्मेलन र नेपालमा लगानीको सम्भावनका विषयमा ठूला राष्ट्रका ठूला लगानीकर्ताहरूले चासो व्यक्त गरेको बताएका हुन्।
‘अहिले नेपालको लगानीको सवालमा विदेशी लगानीकर्ताहरूबाट निकै चासो व्यक्त भएको छ, लगानी गर्नुपर्छ भनेर धेरैले सोधिरहेका छन्,’ महतले भने।
लगानी आकर्षण गर्न अभूतपूर्व अवसर रहेको उनको भनाइ छ।
‘विदेशी लगानीकर्ताका साथै नेपाली लगानीकर्ता एवम् गैरआवासीय नेपालीलाई समेत आकर्षित गर्न कानुनी र नीतिगत सुधारमा सरकारले कुनै कसर बाँकी राख्ने छैन,’ अर्थमन्त्रीले भने, ‘लगानी सहजीकरण, परियोजना कार्यान्वयन र सञ्चालन तथा नाफा फिर्ता लैजान सरल व्यवस्था गरी नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश विश्व समुदायमा पुर्याउने लगानी सम्मेलनको प्रमुख ध्येय हो।’
उनले लगानी सम्मेलनलाई कर्मकाण्डी मात्रैमा सीमित नगर्नको लागि सरोकारवालाको ध्यानकर्षण गराएका छन्।
पहिले राजस्व तथा लाभ हेर्ने भन्दा पनि लगानी र लगानीकर्ता भित्र्याउने विषयमा चासो जान आवश्यक रहेको उनले बताए।
‘लगानी आएपछि अरू प्रतिफल आउने हो, कति राजस्व उठ्ला कति लाभ होला भनेर हिसाब गर्ने भन्दा पनि लगानी भित्र्याउन केन्द्रित हुनुपर्छ,’ महतले भने, ‘हामी युएइलाई उदाहरणको रूपमा लिन सक्छौं, पहिले लगानी ल्याउन ट्याक्स होलिडे नै भयो, अहिले ट्याक्स लगाउँदा पनि लगानीकर्ता त्यही जमिसकेका छन्।’
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend