Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • पाँच करोड फिरौती माग्दै ज्यान मार्ने धम्की दिने दुईजना प्रहरीको फन्दामा


    बिहिबार, माघ २५ २०८०
    890
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा । प्रहरीले पाँच करोड रुपैयाँ फिरौती नदिए ज्यान मार्ने धम्की दिएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका–२, खुर्कोटका लक्ष्मण दर्जी र कुश्मा–१४, आर्थरका दीपकबहादुर क्षेत्री छन् ।

    उनीहरूले सच्चाई सेवा केन्द्रका सञ्चालक प्रकाशदीप गैह्रेसँग पाँच करोड रुपैयाँ फिरौती मागेको कास्की प्रहरीले बतायो । फोन र म्यासेजबाट परिवारका सदस्य र उनको ज्यान मार्ने धम्की दिएको कास्की प्रहरीका प्रमुख मोहन थापाले जानकारी दिए ।

    दर्जी वैदेशिक रोजगारका क्रममा चार वर्षदेखि कतारमा थिए । उनी नेपाल आएको एक महिना मात्र भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार