काठमाडौँ। स्मार्ट कार्ड लाइसेन्सको ल्याब परीक्षण कार्य नसकिएका कारण दुई हप्ता अघि आएको छ लाख थान स्मार्ट कार्ड लाइसेन्सको छपाई कार्य अझै सुरु हुन सकेको छैन । यातायात व्यवस्था विभागले जनाएको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालका अनुसार जर्मनबाट आएको उक्त कार्डको ल्याब टेस्ट गर्नुपर्ने र गुणस्तर जाँच गरेपछि मात्र विभाले छपाई कार्य सुरु गर्नेछ । उनले भने, “दुई हप्ता अघि नेपाल आइपुगेको छ लाख स्मार्ट कार्ड लाइसेन्सको छपाइ कार्य यसको गुणस्तर जाँच सकेपछि मात्र गछौँ, अहिले यसको ल्याब टेस्ट र गुणस्तर जाँच नै सकिएको छैन ।” यातायात व्यवस्था विभागले गत आर्थिक वर्षमा जर्मनीको भूलवर्ग कम्पनीसँग स्मार्ट लाइसेन्स छपाइका लागि १२ लाख थान स्मार्ट कार्ड उपलब्ध गराउने विषयमा सम्झौता भएको थियो ।
सोही बमोजिम जर्मनीको भूलवर्ग कम्पनीले पहिलो चरणमा छ लाख थान स्मार्ट लाइसेन्स नेपाल पठाएको हो । ल्याब टेस्ट र गुणस्तर जाँच सकेर विभागलाई हस्तान्तरण गरे लगतै द्रुत गतिमा लाइसेन्स छपाइको काम थालिने उनको भनाइ छ ।
उनले भने,“कार्डको ल्याब टेस्ट र गुणस्तर जाँच सकेर प्राप्त भए लगत्तै द्रुत गतिमा लाइसेन्स छपाइ थाल्छौँ ।” अहिले विभागसँग एउटा मात्र छपाइ मेसिन भएका कारण छपाइ प्रक्रिया केही लम्बिन सक्ने उहाँ बताउनुहुन्छ । उनका अनुसार नेपालस्थित जर्मन दूतावासले दुई दिनमा कार्डको ल्याब टेस्ट र गुणस्तर जाँच गरेर विभागलाई हस्तान्तरण गर्ने जनाएको छ ।
कार्डमा केही समस्या देखिए दुवै तर्फका प्राविधिक बसेर यसको समाधान गरिने उनले बताए ।
विभागका महानिर्देशक रिजालका अनुसार सम्झौता बमोजिमको थप छ लाख थान कार्ड नेपाल आउँदै छ। उहाँका अनुसार उक्त कार्ड अहिले नेपाल आउने चरणमा नै रहेको छ । विभागका अनुसार हाल करिब १४ लाखप्रति लाइसेन्स छपाइ गर्न बाँकी रहेको छ । नवीकरण, हराएको लाइसेन्स र नयाँ गरी दैनिक पाँच हजारको हाराहारीमा लाइसेन्सको माग रहेको छ ।
यस्तै विभागले १५ लाख प्रति कार्ड र एउटा स्मार्ट छपाई मेसिनका लागि विभागले नयाँ टेन्डर आश्वासन गरेको छ । आगामी साउनबाट नियमित छपाइमा लैजानेगरि तयारी भइरहेको महानिर्देशक रिजालले बताए ।
तर नयाँ टेन्डरमा कार्ड र मेसिन एउटै कम्पनीबाट ल्याइने भएकाले विगतको समस्या झेल्नु नपर्ने रिजालले बताए । छाप्न बाँकी रहेका लाइसेन्स छापिएको वा नछापिएको जानकारी मोबाइलमा म्यासेजमार्फत दिइन्छ । जसका लागि अनलाइन फारम भर्दा वा नवीकरण गर्दा आफ्नो मोबाइल नम्बर राख्नुपर्ने हुन्छ । लाइसेन्स छापेर सम्बन्धित कार्यालयमा पुगे नपुगेको जानकारी विभागको वेबसाइटबाट पनि लिन सकिन्छ ।
२०७२ सालमा स्मार्ट लाइसेन्स लिएपछि छपाइको काम बाँकी रहँदै आएको छ । परीक्षा पास गरेपछि दुई वर्षसम्म लाइसेन्स कार्ड कुर्नुपर्ने बाध्यता छ । विभागले श्रम र अध्ययनमा विदेश जाने, शान्ति मिसनमा जाने नेपाली सेना एवं नेपाल प्रहरीका सवारी चालकलाई भने निवेदन दिएको दुई तीन दिनमै लाइसेन्स उपलब्ध गराइँदै आएको विभागले जनाएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend