Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • पाकिस्तानमा आज आम निर्वाचन, ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन


    बिहिबार, माघ २५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पाकिस्तानमा आज निर्वाचन हुँदैछ । आज हुन लागेको आम निर्वाचनका लागि करिब ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    पाकिस्तानी अधिकारीहरूका अनुसार यस चुनावमा १२.८५ करोड भन्दा बढी दर्ता मतदाताहरूले मतदान गर्नेछन्। ‘रेडियो पाकिस्तान’ को समाचार अनुसार मतदाताको सुरक्षा सुनिश्चित गर्न करिब ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    जसमा प्रहरी, नागरिक सशस्त्र बल र सशस्त्र बलका कर्मचारीहरू रहेका छन् । मतदान बिहीबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार