Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाकिस्तानको संसद भंग


    बिहिबार, साउन २५ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पाकिस्तानको संसद भंग भएको छ । प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले बुधबार मध्यराति संसद भंग गरेका हुन् ।

    पाकिस्तानको संसदको कार्यकाल १२ अगस्टमा समाप्त हुँदै थियो । तर, त्यसभन्दा तीन दिन अगाडि नै संसद भंग गरिएको हो ।

    संसद भंग हुनासाथ मन्त्रिपरिषद पनि भंग भएको छ । यद्यपि अर्को कार्यबाहक प्रधानमन्त्री चयन नहुन्जेल हालका प्रधानमन्त्री शहबाज शरीफ पदमा कायमै रहने छन् । बीबीसीका अनुसार तीन दिनभित्रै नयाँ कार्यबाहक प्रधानमन्त्री चयन गरिने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार